
काठमाडौं । एन्फा महिला लिग राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत कोशी प्रदेशले आफ्नो जितको लयलाई कायम राख्दा वालिङ नगरपालिका, स्याङले पनि उत्कृष्ट जित दर्ता गरेको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा कोशीले बागमती युथ क्लब, सर्लाहीलाई २–१ ले हरायो । कोशीका लागि समिक्षा मगरले एक गोल गर्दा अर्को गोल दिव्या यसमालीले आत्मघाती गोलका रुपमा गर्न पुगेकी थिईन् । त्यस्तै बागमतीका लागि भने बिष्णु माया बलले गोल गरेकी थिईन् ।
लगातार दोस्रो जित हात पारेको कोशी प्रदेश शतप्रतिशत जितका साथ शिर्षताको होडमा छ । बागमतीको भने समान दुई खेलबाट ३ अंक मात्र छ ।
त्यस्तै बिहीबार नै भएको अर्को खेलमा वालिङले कर्णाली प्रदेशमाथि ४–० को एकतर्फी जित निकाल्यो । वालिङका लागि अफ्रिकी खेलाडी क्याकलिन नसालीले ह्याट्रिक गरिन भने थप एक गोल शुक्रिया मियाले गरेकी थिईन् ।
कुल १० टोलीहरु सहभागि लिग विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न