
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को यही भदौ ११ र १३ गते बसेको सातौं कार्यसमितिको बैठकले एन्फा महासचिवको पारिश्रमिक २ हजार अमेरिकी डलर गर्ने निर्णय गरेको छ ।
यसअघि ११ गते बसेको बैठकले नै महासचिवको पारिश्रमिकबारे कुरा उठाए तापनि त्यसमा निर्णय हुन सकेको थिएन । यद्यपि १३ गते बसेको बैठकले भने महासचिवको उक्त पारिश्रमिकलाई कायम गर्ने निर्णय गरेको छ ।
त्यस्तै राष्ट्रिय टोलीका पुरुष तथा महिला खेलाडीहरुको परिश्रमिक पनि बृद्धि गरेर ३० हजार पुर्याइएको छ । यसअघि खेलाडीहरुले मासिक १८ हजार पारिश्रमिक पाउँदै आएका थिए । खेलाडीहरुको पारिश्रमिक बृद्धि गरिए तापनि महासचिव र खेलाडीहरुको असमान पारिश्रमिकका कारण एन्फाको यो निर्णयप्रति आलोचना पनि भईरहेको छ ।
त्यसैगरी फिफा रेफ्रीहरुको मासिक पारिश्रमिक पनि २० हजार गर्ने निर्णय एन्फाले गरेको छ । त्यसबाहेक राष्ट्रिय टोलीका पुरुष, महिला खेलाडीहरु, विभिन्न उमेर समुहका राष्ट्रिय खेलाडीहरु, रेफ्रीहरु, एन्फा पदाधिकारीहरु र एन्फा सचिवालयका कर्मचारीहरुको स्वास्थ्य बिमा गर्ने निर्णय समेत बैठकले गरेको छ ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न