बुटवल । फ्रेन्स युथ क्लब, बुटवल–७, दिपनगरको आयोजनामा शनिबारदेखि स्व. दिपेश विश्वकर्मा स्मृति प्रथम फ्रेन्स कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ ।
प्रतियोगितामा नाम्लो एफसीले विजयी शुरुवात समेत गरेको छ । बुटवल–७, दिपनगर स्थित सिद्धेश्वरी खेलमैदानमा भएको उद्घाटन खेलमा नाम्लोले जनज्योति क्लबलाई २–१ को रोमाञ्चक गोल अन्तरले हरायो ।
प्रतियोगिता अन्तर्गत आइतबारदेखि दुई खेलहरु हुने खेल संयोजक प्रिन्स गुरुङ्गले जानकारी दिए । त्यसअघि युवा खेल अभियन्ता प्रकाश क्षेत्रीको सञ्चालनमा भएको उद्घाटन कार्यक्रममा प्रतियोगिताको उद्घाटन स्व. दिपेश विश्वकर्माका पिता तथा प्रमुख अतिथी दिपक विश्वकर्माले गरेका थिए ।
आउँदो भदौ १५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक प्रिन्स गुरुङले जानकारी दिए ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने