News
म्याङलुङमा नेत्र गुरागाई स्मृति गोल्डकप भदौ ७ गते देखि
म्याङलुङ । सदा झैं ऐतिहासिक लाखे जात्रा तथा श्री कृष्ण जन्माष्टमीको अवसर पारी आउँदो भदौ ७ गतेदेखि म्याङलुङ स्पोर्टिङ युवा क्लब, म्याङलुङ, तेह्रथुमको आयोजनामा नेत्र गुरागाई स्मृति गोल्डकप पुरूष तथा महिला फुटबल प्रतियोगिता हुने भएको छ ।
म्याङलुङ रंगशालामा भदौ १५ गतेसम्म चल्ने प्रतियोगितालाई यस वर्ष पनि सभ्य र भव्य रुपमा सम्पन्न गर्ने योजनामा रहेको आयोजक म्याङलुङ स्पोटिङ युवा क्लबका अध्यक्ष प्रविन मोतेले जानकारी दिए ।
प्रतियोगितामा पुरूषतर्फको विजेताले २ लाख सहित रनिङ ट्रफि र उपविजेताले १ लाख प्राप्त गर्नेछ भने महिलातर्फ विजेताले १ लाख तथा उपविजेताले ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक राजाहाङ पिरति सुब्बाले बताए । त्यसैगरी विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको संयोजक सुब्बाले जानकारी दिए ।
Post Comments
Related News
- तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको उपाधि समीकरण पुरा
- बिबिसी म्याङ्लुङ र चुटान स्पोर्टिङ क्लब तेह्रथुममा जारी नेत्र गुरागाई स्मृति गोल्डकपको अन्तिम चारमा
- तेह्रथुमको म्याङ्लुङमा नेत्र गुरागाँई स्मृति गोल्डकप सुरु
- तेह्रथुम आठराई–बोखिम खुल्ला पुरुष फुटबलको उपाधि ह्वाकूलाई
- संखुवासभालाई मदन मेला पुरुष फुटबलको उपाधि