काठमाडौं । उत्कृष्ट जित निकाल्दै मनाङ मस्र्याङ्दी क्लब जारी एन्फा युथ लिगको शिर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा मनाङले एफसी खुमलटारमाथि ३–१ को जित निकाल्यो ।
यो जितपछि ५ खेलबाट १२ अंक जोडेको मनाङ शिर्ष स्थानमा उक्लिएको छ । पराजित खुमलटारको खातामा ३ अंक छ र लिगतालिकाको पुछारतिर संघर्षरत छ ।
सोमबार नै भएको अर्को खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले पहिलो जित हात पार्यो । आर्मीले थ्रीस्टार क्लबमाथि समान ३–१ को प्रभावशाली जित निकाल्दै महत्वपूर्ण तीन अंक जोड्यो ।
यो नतिजापछि ५ खेलबाट ४ अंक जोडेको आर्मी शिर्ष दशभित्र उक्लिएको छ । पराजित थ्रीस्तारको पनि समान ४ अंक छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”