News
डुरान्ड कपका लागि आर्मी टोली भारत प्रस्थान
काठमाडौं । भारतमा हुने प्रतिष्ठित १३३औं डुरान्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा सहभागिता जनाउन त्रिभुवन आर्मी फुटबल क्लब आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । डुरान्ड कप खेल्न जाने आर्मी टोलीको केही दिन अघि मात्रै आर्मी मुख्यालयमा विदाई गरिएको थियो ।
स्मरण रहोस, डुरान्ड कपतर्फ यसपटक समूह एफमा परेको आर्मीले आफ्नो पहिलो खेल अगस्त २ तारीखका दिन घरेलु टोली शिलोङ लाजोङसँग खेल्नेछ ।
दोस्रो खेल ८ अगस्तका दिन इण्डियन सुपर लिग क्लब एफसी गोवासँग खेल्नेछ भने समूह चरणको आफ्नो अन्तिम खेल १३ अगस्तका दिन अर्को इण्डियन सुपर लिग क्लब हैदराबाद सिटी एफसीसँग खेल्नेछ ।
समूह एफका सबै खेलहरु शिलोङ स्थित जवाहरलाल नेहरु नेशनल स्टेडियममा हुनेछन् ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”