काठमाडौं । नेपाली फुटबलमा सक्रिय र परिचित सरस्वती युवा क्लब, कोटेश्वरले आफ्नो सामाजिक उत्तरदायित्वलाई पनि निरन्तरता दिने क्रममा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले आफ्नै पहलमा कोटेश्वर चोकमा निर्माण गरी संरक्षण गर्दै आएको सरस्वती वाटिकामा वृक्षारोपण गरेको हो । वाटिकामा भएका पुराना धुपी र अरु केही बोटहरुलाई प्रतिष्थापन गरि सो ठाउँमा नयाँ दुबोका चक्लासहितको बँगैचा बनाएर विभिन्न प्रजातिका २०० वटा फलफूल र फूलका विरुवा रोपिएको हो ।
वृक्षारोपण कार्यक्रमका लागि भनेर डिभिजन वन कार्यालय काठमाण्डौले फलफूलका विरुवा निःशुल्क उपलब्ध गराएको थियो भने अन्य विरुवा र दुवोका चक्ला भने किनेर ल्याइएको क्लवका अध्यक्ष उत्तम भण्डारीले जानकारी दिए ।
सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ्ग, निवर्तमान अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, एन्फाका निवर्तमान उपाध्यक्ष एवम् सरस्वती युवा क्लवका पुर्व अध्यक्ष शिक्षित पराजुली, राष्ट्रिय फूटबल टिमका कप्तान किरण चेम्जोङ्ग, पुर्व कप्तान उपेन्द्रमान सिंह लगायतको पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न