काठमाडौं । दक्षिण कोरियामा रहेको नेपाली समुदायको फुटबल टोलीले त्यहाँ सम्पन्न भएको आप्रवासी फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
दक्षिण कोरियाको गुनसान स्थित भियतनाम समाजले आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधि नेपाली टोलीले जितेको हो । नेपाली टोलीले फाइनलमा दावेदार मानिएको भियतनामलाई ३–२ ले हरायो । नेपाली टोलीको जितमा दिनेश राईले दुई तथा गणेश राईले एक गोल गरे ।
दक्षिण कोरियाको छल्लाबोक्दो प्रान्तको गुनसानस्थित ओसिक्दो दोङको सेङमाल फुटबल मैदानमा सम्पन्न प्रतियोगिताको विजेता नेपाली टोलीले उपाधिसहित नगद १० लाख कोरियन वोन हात पार्न सफल भयो ।
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीको समय प्रतिकूलताका बावजुद स्वास्थ्यको उच्च जोखिम मोलेर सयौँको ंसंख्यामा खेलाडी र दर्शकहरुले उपस्थिति प्रतियोगितामा दक्षिण कोरिया, भियतनाम, थाइल्याण्ड, पूर्वीै टिमो र नेपाली टोलीले सहभागिता जनाएका थिए ।
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न