काठमाडौं । एन्फा युथ लिग अन्तर्गत बिहीबार भएको दुई खेलहरुमा दुई विभागीय टोली एपिएफ फुटबल क्लब र नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा एपिएफले सिजनको पहिलो जित दर्ता गर्ने क्रममा सातदोबाटो युथ क्लबलाई २–१ ले हरायो । एपिएफको जितमा बिकास तितुङ र किशोर गुरुङ्गले गोल गरे । सातदोबाटोका लागि योहान लिम्बुले गोल फर्काएका थिए ।
दिनको दोस्रो खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पुलिसले संकटा क्लबलाई शून्यका विरुद्ध २ गोलले हरायो । पुलिसका लागि दुवै गोल रञ्जित लामाले गरे ।
लगातार दुई जित हात पारेको पुलिस लिगतालिकाको शिर्ष स्थानमा समेत छ । उता लगातार दुई खेलमा हार बेहोरेको संकटा अझै अंकविहीन छ ।
डबल राउण्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् । लिगको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ । विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले ५० हजार प्राप्त गर्नेछ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”