News
राष्ट्रिय यु-१७ टोलीको मुख्य प्रशिक्षकमा श्रेष्ठ

काठमाडौं । नेपाली राष्ट्रिय यु-१७ फुटबल टोलीको मुख्य प्रशिक्षकमा सनोज श्रेष्ठ नियुक्त भएका छन । आउँदो सेप्टेम्बर १८ देखि २८ तारीखसम्म भुटानमा हुने साफ यु-१७ च्याम्पियनसिप र एएफसी यु-१७ एसियन कप छनौटको लागि श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको हो ।
त्यस्तै टोलीको सहायक प्रशिक्षकमा धनेश्वर प्रजापती नियुक्त भएका छन । प्रशिक्षक श्रेष्ठ तथा सहायक प्रशिक्षक प्रजापतिलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले नियुक्तिपत्र हस्तान्तरण गरे ।
स्मरण रहोस, साफ यु-१७ च्याम्पियनसिपतर्फ नेपाल समूह बी मा परेको छ । जहाँ नेपालले आयोजक भुटानसँगै पाकिस्तान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै समूह ए मा भारत, बंगलादेश र माल्दिभ्स रहेका छन ।
Post Comments
Related News
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने