
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीहरुको फिटनेसलाई विशेष ध्यानमा राखी एन्फा कम्प्लेक्समा सुविधा सम्पन्न फिजियोथेरापिस्ट सेन्टर सञ्चालनमा ल्याएको छ । एन्फाले खेलाडीहरुलाई चोट कम गर्न, चोटमुक्त हुन र खेलाडीहरुको पूनःस्थार्पनाका लागि फिजियोथेरापिस्ट सेन्टरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ ।
एन्फाका अनुसार फिजियोथेरापिस्ट सेन्टरमा सिनियर राष्ट्रिय पुरुष–महिला खेलाडीहरु तथा विभिन्न उमेर समूहका राष्ट्रिय खेलाडीहरुले निःशुल्क सेवा लिन सक्ने छन् । त्यस्तै क्लबहरुका लागि विशेष छुटको व्यवस्था गरिएको छ भने सर्वसाधारणका लागि निश्चित शुल्क तोकिएको छ ।
त्यस्तै एन्फाले फिजियोथेरापी तथा रिह्याबिलिटेशन डिपार्टमेन्ट समेत सञ्चालनमा ल्याएको छ । जसमा राष्ट्रिय महिला फुटबल टोलीकी अनुभवी फिजियोथेरापिस्ट नविना श्रेष्ठलाई विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ । एन्फाका महासचिव किरन राईले श्रेष्ठलाई नियुक्तिपत्र समेत हस्तान्तरण गरेका छन् ।
- एन्फा यु-१६ युथ लिग शुरु, मनाङ र आर्मीको विजयी शुरुवात
- रोहित चन्दद्वारा बुटवल एन्फा एकेडेमीको अवलोकन र भेटघाट
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने