काठमाडौं । गत संस्करणको उपविजेता समेत रहेको पाकिस्तानले यसै वर्ष अगस्त १८ देखि २८ तारीखसम्म नेपालमा हुन गईरहेको साफ यु–२० च्याम्पियनसिपमा सहभागिता नजनाउने भएको छ ।
पाकिस्तानले प्रतियोगिताबाट नाम फिर्ता लिएको कुरा दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले पनि बिहीबार जानकारी दिएको हो । यद्यपि यसबारे विस्तृत रुपमा भने खुलाएको छ ।
त्यस्तै पाकिस्तानले सहभागिता नजनाउने भएपछि प्रतियोगिताको खेलतालिकामा पनि परिवर्तन गरिएको छ । यसअघि १६ अगस्तदेखि हुने भनिएको प्रतियोगिता अब १८ अगस्तदेखि शुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र श्रीलंका नै भिड्ने छन् । यसअघि समूह ए मै रहेको पाकिस्तानले नाम फिर्ता लिएपछि अब समूह ए मा नेपालसहित श्रीलंका र बंगलादेश रहेका छन् । समूह बी मा भने भारतसँगै माल्दिभ्स र भुटान रहेका छन् ।
दुवै समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल खेल अगस्त २८ तारीखका दिन हुनेछ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल