
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका खेलाडीहरुलाई बुधबार परिचय पत्र वितरण गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई एक कार्यक्रमबीच तीन प्रकारका परिचय पत्र प्रदान गरे ।
बृहत राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेतासहित उक्त प्रतियोगितामा सहभागी खेलाडीलाई विभिन्न सुविधासहितको प्लाटिनम, गोल्ड र सिल्भर परिचय पत्र प्रदान गरिएको हो ।
प्लाटिनम परिचय पत्रधारीले राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा निशुःल्क प्रवेश पाउनुका साथै राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा ल्याब तथा अन्य परिक्षणको लागि निःशुल्क सेवा पाउने छन् । गोल्ड परिचय पत्र पाउनेले प्लाटिनम परिचय पत्रकधारीले पाउने दुवै सेवामा ८० प्रतिशत छुट पाउने छन् ।
सिल्भर परिचय पत्रवाहकलाई राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा ५० प्रतिशत छुट दिइने छ ।
कार्यक्रममा सदस्य–सचिव घिसिङले परिचय पत्र वाहक खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी स्वास्थ्य, शिक्षा र यातायातमा सहुलियतका लागि राखेपले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
- २०औं एसियाडका लागि नेपालबाट फुटबलको नाम छैन
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय