News
नेपाली यु-२० फुटबल टोलीको व्यवस्थापकमा खड्का
काठमाडौ । नेपाली राष्ट्रिय यु-२० फुटबल टोलीको व्यवस्थापक (टिम म्यानेजर) मा रबिन खड्का नियुक्त भएका छन । खड्कालाई आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले नियुक्तिपत्र हस्तान्तरण गरे । स्मरणीय छ, खड्का सातदोबाटो युथ क्लबका महासचिव समेत हुन ।
एन्फाले केही दिन अघि मात्र टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरेको थियो । टोलीको सहायक प्रशिक्षकमा सचिन्द्र धिमाल र गोलकिपिङ प्रशिक्षकमा राजु सिंह नियुक्त भईसकेका छन ।
स्मरण रहोस, आउँदो अगस्त १६ देखि २८ तारीखसम्म नेपाल मै साफ यु-२० च्याम्पियनसिप आयोजना हुँदैछ । त्यसकै लागि टोली तयार पार्न अहिले एन्फाले खुला छनौट कार्यक्रम पनि आयोजना गरिरहेको छ । र, खेलाडी छ्नौट गरि छिटै बन्द प्रशिक्षण पनि शुरु हुनेछ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”