News
दोस्रो जोहोर कप हुँदै
काठमाडौं । जेबियु फुटबल क्लब, मलेसियाको आयोजनामा आउँदो सेप्टेम्बर १५ र १६ तारीखका दिन दोस्रो जोहोर कप फुटबल प्रतियोगिता हुने भएको छ ।
मलेसियामा रहेका प्रवासी नेपालीहरु बीच हुने प्रतियोगितामा नेपाली समुदायका फुटबल क्लबहरुले सहभागिता जनाउन पाउने पनि आयोजकले जानकारी दियो ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार मलेसियन रिंगेट हात पार्नेछ भने दोस्रो स्थान हासिल गर्ने टोलीले १२ हजार रिंगेट हात पार्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ६ हजार रिंगेत प्राप्त गर्ने आयोजकले जनाएको छ ।
त्यसैगरी विधागतर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि आकर्षक र उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments
Related News
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने