काठमाडौं । शहिद स्मारक सी डिभिजन लिगतर्फ आ–आफ्नो अन्तिम खेलमा महाबीर क्लब र खालीबारी युथ फुटबल क्लबले जित निकाल्दै सिजनको सुखद समापन गरेका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा महाबीरले मनोहरा युनाइटेडलाई ३–१ ले हरायो । महाबिरको जितमा शिव चौलागाईले दुई गोल गरे भने सुरज थारुले थप एक गोल गरे । पराजित मनोहराका लागि संजय श्रेष्ठले एक मात्र गोल फर्काए ।
यो जितपछि १३ खेलबाट १६ अंक जोडेको महाबीर लिगतालिकाको आठौं स्थानमा उक्लेको छ । पराजित मनोहरा भने १५ अंकका साथ लिगतालिकाको १०औं स्थानमा छ ।
दिनको दोस्रो खेलमा खालीबारीले रानीबन स्पोर्टस क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले पराजित गर्यो । खालीबारीका लागि सानुकान्छा तामाङले एक मात्र निर्णायक गोल गरे ।
यो जितपछि १३ खेलबाट २० अंक जोडेको खालीबारी लिगतालिकाको चौथो स्थानमा उक्लेको छ । पराजित रानीबन भने ८ अंकका साथ पुछारतिर छ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”