बुटवल । साविक विजेता लिस्नु युवा क्लब, कोटिहवा यहाँ जारी दोस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको तेस्रो क्वाटरफाइनलमा मनोभाव फुटबल क्लब, बुटवललाई टाईब्रेकरमा हराउँदै लिस्नु अन्तिम चारमा प्रवेश गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए ।
बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा भएको खेलमा निर्धारित समयतर्फ लिस्नुका लागि एमोस पुनले गोल गरे भने पराजित मनोभावका लागि सन्दिप थारुले गोल गरेका थिए । टाईब्रेकरमा भने लिस्नुले मनोभावमाथि ३–० को जित निकाल्यो ।
खेलमा लिस्नुका गोलरक्षक युगल थापा मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत जेठ ५ गते शनिबारको अन्तिम क्वाटरफाइनल खेल इन्टर स्पोर्टस क्लब, बुटवल र समपुर्ण युवा क्लब, सुपौली बीच हुने खेल संयोजक अमर थापा मगरले जानकारी दिए ।
इभोलुशन क्लब अफ बुटवलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५२,२५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष राम बहादुर पुनले बताए । फाइनल खेल जेठ १० गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने