बुटवल । मनोभाव फुटबल क्लब यहाँ जारी दोस्रो इभोलुशन कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ मनोभावले राधाकृष्ण फुटबल क्लबलाई टाईब्रेकरमा हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।
बुटवल–१२, तामनगर स्थित चारपाला रंगशालामा निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरमा मनोभावले ४–३ को जित निकाल्यो । खेलमा मनोभाव कै गोलरक्षक अनुप थापा म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत जेठ १ गते मंगलबारको प्रिक्वाटरफाइनल खेल एल.एफ.सी. र इन्टर स्पोर्टस बीच हुने आयोजकले जानकारी दियो ।
इभोलुशन क्लब अफ बुटवलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५२,२५० रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष राम बहादुर पुनले बताए । फाइनल खेल जेठ १० गतेका दिन हुनेछ ।
- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने