काठमाडौं (एजेन्सी) । कोरोना भाइरस महामारीका कारण लामो समय रोकिएको दक्षिण कोरियाको शिर्ष फुटबल लिग हालै शुरु भएको छ । साथै लिगमा दर्शकहरुले प्रत्यक्ष खेलको मजा पनि लिएका छन् ।
शनिबार भएको के लिगतर्फ पूर्व विजेता जियोनबुक हुण्डाई मोटर्स र पोहाङ स्टिलर्सबीचको खेल हेर्न सिमित सख्यामा दर्शकहरुलाई प्रवेशको व्यवस्था गरिएको थियो ।
जियोन्जु वल्र्डकप स्टेडियममा सम्पन्न उक्त खेलमा दर्शकहरुका लागि ४ हजार २०५ टिकट उपलब्ध गराइएको थियो । स्मरण रहोस, उक्त खेल जियोनबुकले २–१ ले जित्न सफल भएको थियो ।
त्यस्तै सियोङनाम एफसीले सियाल विरुद्धको खेलका लागि १ हजार ६५० टिकट बिक्रीका लागि खुला गरेको थियो । त्यस्तै इन्चोन युनाइटेड र ग्वाङजु एफसीबीचको खेल हेर्न दुई हजार दर्शकहरु इन्चोन फुटबल स्टेडियममा उपस्थित थिए ।
उक्त खेलहरु हेर्नका लागि सरकारले निर्धारण गरेको आवश्यक सतर्कता नीति समेत अपनाइएको थियो । साथै स्टेडियममा उपस्थित दर्शकहरुले सामाजिक दुरी कायम राखेर फुटबलको प्रत्यक्ष मजा लिएका थिए ।

(तस्विरः एएफसी)
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न