काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हालको समसामयिक परिस्थितिलाई मध्यनजर गर्दै एन्फा कम्प्लेक्समा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
आफ्नो सामाजिक उत्तरदायित्वलाई पनि निरन्तरता दिने उद्देश्यले एन्फाले उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको बताएको छ । हिमाल हस्पिटलसँगको सहकार्यमा भएको उक्त रक्तदान कार्यक्रममा एन्फा कर्मचारी, फुटबल प्रशिक्षक र एन्फा पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
साथै कार्यक्रममा उपस्थितहरुलाई स्वयम् रक्तदान जस्तो पुण्य कार्यक्रमा लाग्न आह्वान समेत गरिएको थियो । हाल कतिपय बिरामीहरुले रगत अभाव कै कारण दुःखद रुपमा मृत्युवरण गर्नूपरेको तितो यथार्थलाई संस्मरण गर्दै एन्फाले रक्तदानबाट संकलित रगत सम्बन्धित ब्लड बैंकलाई हस्तान्तरण गरिएको समेत जनाएको छ ।
साथै एन्फाले यस्तै खालका सामाजिक जिम्मेवारीका कामहरुलाई आगामी दिनहरुमा पनि निरन्तरता दिने बताएको छ ।
(तस्विरः एन्फां)
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै