News केराबारी उपाधि नजिक
गोलनेपाल

धरान । केराबारी फुटबल क्लब, मोरङ यहाँ जारी प्रथम पानबारी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । केराबारीले पहिलो सेमिफाइनलतर्फ नेपाल पुलिस, रानी, बिराटनगरलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । टाईब्रेकरमा भने केराबारीले नेपाल पुलिस माथि ४–३ को जित निकाल्दै फाइनल प्रवेश गर्न सफल भयो । खेलमा केराबारीका गोलरक्षक आयुष योङहाङ म्यान अफ द म्याच घोषित भए ।

पानबारी फुटबल क्लब, धरानको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख २९ गतेका दिन हुनेछ ।

 

Post Comments