News
१६औं शहिद भिमनारायण गोल्डकपको उद्घाटन खेल रोकियो
धनकुटा । शहिद भिमनारायण स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा आइतबारदेखि शुरु भएको १६औं शहिद भिमनारायण गोल्डकपको उद्घाटन खेल प्रतिकुल मौसमका कारण बिथोलिएको छ ।
एपिएफ, काठमाडौं र फोर स्टार युथ क्लब, मोरङ बीचको उद्घाटन खेल चलिरहेकै बेला लगातारको भारी बर्षाले गर्दा खेल रोकिन पुगेको हो । खेलमा एपिएफले सुमन श्रेष्ठको गोलबाट १–० को अग्रता कायम राखेको बेला खेल रोकिन पुगेको थियो ।
आयोजकका अनुसार आज रोकिएको खेल बैशाख २४ गते सोमबार रोकिए कै समयबाट पूनः सुचारु गरिने आयोजकले जनाएको छ । त्यस्तै सोमबार नै हुने दोस्रो क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब, काठमाडौं र बिर्तामोड युनाइटेड, झापा पनि भिड्ने कार्यक्रम छ ।
यही बैशाख २९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- छथर जोरपाटी गाउँपालिकामा दोस्रो पालिकास्तरीय अध्यक्ष कप हुँदै
- बेलबारीलाई १८औँ शहिद भीमनारायण स्मृति गोल्डकपको उपाधि
- सोलोमनको ह्याट्रिकसँगै बेलबारी एफसी भीम नारायण गोल्डकपको फाइनलमा
- आयोजक धनकुटा १८औँ भीमनारायण गोल्डकपको उपाधि नजिक
- बाबा टुन्डेको निर्णायक गोलमा बेलबारी १८औँ सहिद भीमनारायण गोल्डकपको सेमिफाइनलमा