काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अभिषेक रिजाललाई भिजन कन्सर्नले एक बर्षका लागि प्रायोजन गरेको छ ।
आँखा सम्बन्धी चेकजाँच गर्ने तथा चश्मा पसलका रुपमा समेत रहेको भिजन कन्सर्नको यो प्रायोजनसँगै अभिषेकलाई हालको यो कठिन परिस्थितिमा केही सहज वातावरण समेत मिलेको छ ।
बुधबार कम्पनी मै पुगेर रिजाल र कम्पनी सञ्चालक कृष्ण पोखरेलले सम्झौतापत्रमा हस्ताक्ष समेत गरे । यद्यपि दुवै पक्षबीचको आर्थिक सम्झौताबारे भने केही खुलाइएको छैन ।
प्रायोजन सम्झौतासँगै भिजन कन्सर्नले रिजालको एक बर्षसम्मका लागि पूर्ण आँखा चेकजाँच निःशुल्क गर्नेछ । साथै एक वर्ष कै लागि रिजाललाई निःशुल्क चश्मा समेत उपलब्ध गराउने बताइएको छ ।
स्मरण रहोस, गत बर्षको जुनमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेई विरुद्ध १–१ को बराबरी खेल्दा रिजालले नेपालका लागि डेब्यु गोल गरेका थिए । त्यति मात्र नभएर एएफसी कप च्याम्पियनसिपमा गोल गर्ने रिजाल पहिलो नेपाली खेलाडी समेत हुन् ।

- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै