News नेपाल र बृटिश आर्मीको बराबरी
गोलनेपाल

काठमाडौं । मैत्रीपूर्ण फुटबल म्याचका लागि इङल्याण्ड पुगेको नेपालको राष्ट्रिय फुटबल टोलीले शुक्रबार बृटिश आर्मीसँग मैत्रीपुर्ण अभ्यास खेलेको छ । आर्मी मैदान मै भएको खेलमा नेपालले घरेलु टोलीसँग गोलरहित बराबरी खेलेको हो ।

अनुभवी तथा नियमित गोलरक्षक किरन चेम्जोङ कै कप्तानीमा अधिकांश पहिलो रोजाईका खेलाडी लिएर उत्रिएको नेपालले तुलनात्मक रुपमा राम्रो प्रदर्शन गरे तापनि गोल गर्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य बन्यो ।

स्मरण रहोस, नेपालले इङल्याण्डको सी फुटबल टोलीसँग मैत्रीपूर्ण फुटबल मयाच खेल्न हाल बेलायतमा रहेको छ । नेपाल र इङल्याण्ड सी बीचको खेल यही मई ६ तारीख (बैशाख २४ गते) का दिन एल्डरशट टाउनमा हुँदैछ ।

Post Comments