News हर्दी भरतपुर १८ गोल्डकपको क्वाटरफाइनमा
गोलनेपाल

चितवन । रामपुर फुटबल क्लब रड्सलाई पराजित गर्दै हर्दी युवा समाज भण्डारा सेन्ट्रल कलेज प्रथम भरतपुर १८ गोल्डकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा रड्स एफसीविरुद्ध कठिन जित निकाल्दै हर्दीले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । प्रतिस्पर्धात्मक खेलमा हर्दी १-० ले विजयी भयो । उसको जितमा निश्चल बस्नेतले एक मात्र निर्णायक गोल गरे । पहिलो हाफमा उनले फ्रीकिकमा सुन्दर गोल गरे ।

पहिलो हाफमा नै रड्सले पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेन। प्राप्त अवसरमा रड्सका चित्र बहादुर कुमाल गोल गर्न चुके । उनको प्रहार बाहिरियो । दोस्रो हाफमा लयमा फर्किए पनि रड्सले गोल गर्न सकेन । हर्दीका अन्जन चौधरी म्यान अफ दि म्याच भए ।

हर्दीले अब क्वाटरफाइनलमा हानामी भरतपुर फुटबल क्लब (बिएफसी) को सामना गर्नेछ । बिएफसी बाइ पाउँँदै सिधै क्वाटरफाइनमा प्रवेश गरिसकेको छ । खेलकुद बिकास समन्वय समिति भरतपुर १८ गुञ्जनगरको आयोजनामा जारी गोल्डकपमा मंगलबार भरतपुर २९ र माडी नगरपालिका भिड्नेछन् ।

Post Comments