News खोटाङ र नमुना स्पोर्टसको जित
गोलनेपाल

दिक्तेल । खोटाङ जिल्ला लिगतर्फ आइतबार पनि दुई खेलहरु सम्पन्न भएका छन् । जसमा खोटाङ फुटबल एकेडेमी र नमुना स्पोर्टस क्लबले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

खोटाङ फुटबल एकेडेमीले नुनथला स्पोर्टस कलबलाई २–१ ले हरायो भने दोस्रो खेलमा नमुना स्पोर्टसले जन्तेढुङ्गा फुटबल क्लबलाई शून्यका विरुद्ध ३ गोलले पराजित गर्यो ।

खोटाङ जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा संघमा आवद्ध क्लबहरु सहभागि छन् ।

Post Comments