
काठमाडौं (एजेन्सी) । थाइल्याण्डमा जारी एएफसी फुटसल एसियन कपतर्फ साविक विजेता जापानले पहिलो खेल मै स्तब्धपुर्ण हार बेहोरेको छ । समूह सी मा रहेको जापानले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग ३–२ को स्तब्धपुर्ण हार बेहोरेको हो ।
सोही समूहमा रहेको अर्को बलियो टोली दक्षिण कोरियाले पनि ताजिकिस्तानसँग २–० को स्तब्धपुर्ण हार बेहोर्न बाध्य बन्यो । समूह चरणको दोस्रो खेलमा २० अप्रिलका लागि जापानले दक्षिण कोरियाको सामना गर्नेछ भने सोही दिन किर्गिस्तान र ताजिकिस्तान पनि भिड्ने छन् ।
त्यस्तै बिहीबार नै भएको समूह डी तर्फको पहिलो खेलमा १२ पल्टको विजेता इरानले अफगानिस्तानमाथि ३–१ को जित हात पार्यो । त्यस्तै सोही समूहको अर्को खेलमा कुवेतले बहराइनमाथि २–१ को जित दर्ता गर्यो ।
अब समूह चरणको दोस्रो खेलमा २० अप्रिलका दिन अफगानिस्तानले कुवेतसँग खेल्नेछ भने सोही दिन इरान र बहराइन पनि आमने सामने हुनेछन् ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि