
काठमाडौ (एजेन्सी) । बुधबारदेखि थाइल्याण्डमा शुरु १७औं एएफसी फुटसल एसियन कपमा आयोजक थाइल्याण्डसँगै दावेदार मध्ये एक उज्वेकिस्तान र इराकले विजयी शुरुवात गरेका छन् ।
समूह ए तर्फ थाइल्याण्डले चीनमाथि ३–१ को जित निकाल्दा सोही समूहको अर्को खेलमा भियतनाम र म्यानमारले १–१ गोलको बराबरी खेले । समूह चरणको दोस्रो खेलमा १९ अप्रिलका लागि भियतनामले चीनको सामना गर्दा सोही दिन थाइल्याण्डले म्यानमारसँग खेल्नेछ ।
त्यस्तै समूह बी तर्फ उज्वेकिस्तानले अष्ट्रेलियालाई ३–२ ले हरायो भन सोही अर्को खेलमा इराकले साउदी अरेबियामाथि ५–१ को प्रभावशाली जित हात पार्यो । समूह चरणको दोस्रो खेलमा १९ अप्रिलका लागि अष्ट्रेलियाले साउदी अरेबियासँग खेल्नेछ भने सोही दिन इराक र उज्वेकिस्तान पनि भिड्ने छन् ।
प्रतियोगितामा सहभागि एसियाका कुल १६ टोलीहरुले चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । फाइनल २८ अप्रिलका दिन हुनेछ । जापान प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो ।
- एएफसी महिला एसियन कप छ्नौट शुरु, मंगोलिया विरुद्ध भारतको गोलवर्षा
- क्लब विश्वकपः रिभर प्लेटको जित, इन्टर मिलान र डर्टमुन्ड रोकिए
- एसियाबाट फिफा विश्वकपमा सोझै छनौट हुने अष्ट्रेलिया अन्तिम टोली
- लाओससँग पहिलोपटक हार्यो नेपाल, एसियन कप छनौटको यात्रा पनि कठिन
- एसियन कप छनौट: टिमोर लिस्टेसँग माल्दिभ्स स्तब्ध