दमक । नेपाली नयाँ वर्षको अवसर पारी आयोजित प्रथम गुरु टोली फुटसल प्रतियोगिताको उपाधि रियल स्टार क्लबले जितेको छ । दमक–१ भाङबारीस्थित स्पा एनि फुटसल कोर्टमा भएको फाइनलमा रियल स्टारले मानपुर एफसी, माङसेबुङलाई ४–० गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।
विजेता बनेको रियल स्टारले उपाधिसहित नगद ३१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता मानपुरले नगद १६,१११ रुपैयाँसहित टफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी मानपुरका आशिष लिम्बु घोषित भए । अन्य विधातर्फ उत्कृष्ट गोलरक्षक रियल स्टारका सोनु तामाङ बन्दा उदीयमान खेलाडी भाङबारी एफसीका सौगात मगर चुनिए । सर्वाधिक गोलकर्ताको पुरस्कार भने रियल स्टारका निर्जल बोहराले हात पारे ।
गुरु टोली, दमक, झापाको आयोजनामा भएको एक दिने प्रतियोगितामा कुल आठ टोलीहरुले सहभागिता जनाएका थिए ।

- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि