News
स्वदेश फर्कियो टिम नेपाल
काठमाडौ । फिफा विश्वकप छनौटतर्फ बहराइनसँगको दुई होम एण्ड अवे म्याच खेलेर नेपालको राष्ट्रिय फुटबल टोली बुधबार राती फ्लाई दुवई मार्फत स्वदेश फर्किएको छ ।
नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता सुरेश साह लगायतले विमानस्थलमा स्वागत गरेका थिए ।
छ्नौट प्रतियोगिता अन्तर्गत समूह एचमा रहेको नेपालले बहराइन विरुद्धको होम एण्ड अवे दुवै म्याच बहराइन मै खेलेको थियो । नेपालले बहराइनसँग पहिलो लेगको खेलमा ५-० र दोस्रो लेगको खेलमा ३-० को हार बेहोरेको थियो ।
अब नेपाली टोलीले मई ६ तारीखका दिन इङ्ल्याण्डको सी टिमसँग हुने मैत्रीपूर्ण खेलका लागी आवश्यक तयारीमा जुट्नेछ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न