
काठमाडौ । नेपाली फुटबलको हरेक कुनालाई चियाउँदै फुटबल समर्थकमाझ आफुलाई विशेष रुपमा चिनाउन निरन्तर प्रयासरत रहेको गोलनेपाल डटकमले आजकै दिनदेखि १५ वर्ष पूरा गरेको छ ।
शुरूवाततिर सिमित श्रोत, साधन र अनेक चुनौतीका बीच नेपाली फुटबलको हिजो, आज र भोलीलाई समस्त फुटबल समर्थक माझ पस्कने जमर्को गरेको गोलनेपालले त्यो अभियानलाई अझै जारी राखेको छ ।
बिबा मिडिया ग्रुप कै एक अभिन्न अंगका रुपमा अहिले नेपाली फुटबलमा सक्रिय रहेको गोलनेपाललाई सबैको साथ, सहयोग र माया मिलेको बिबा मिडीया ग्रुपका सिईओ बिक्रम थापाले बताए ।
सिईओ थापा भन्छन, "सबैको साथ र सहयोगले नै गोलनेपालको यो यात्राले यतिको दुरी कायम गर्न सफल भयो । हामी हरेक गाउँठाउँमा पुग्न चाहन्छौं । हरेक स्थानीय फुटबल र खेलाडीहरुको आवाज बन्न चाहन्छौं । यसमा सबैको साथ, समर्थन र सहयोगको खाचो हामीलाई छ ।"
नेपाली फुटबलमा गोलनेपालको यो यात्रा अझै शुरूवात मात्र रहेको बताउँदै सिइओ थापाले गोलनेपाललाई यहाँसम्म ल्याईपुर्याउन सहयो गर्नुहुने सबैलाई आभार र धन्यवाद दिए ।
- गोलनेपालकर्मी बिक्रम बानियाँ खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट सम्मानित
- अन्नपुर्ण आरसिटीद्वारा गोलनेपालका सीईओ बिक्रम थापा सम्मानित
- अब फुटबलको अन्तर्राष्ट्रिय स्टेजमा बिबा मिडिया ग्रुप
- कमलालाई भोजपुर जिल्ला फुटबल संघको आर्थिक सहयोग
- क्यान्सरसँग जुध्दै महिला खेलाडी कमला, गोलनेपालद्वारा सहयोगको अपिल