News
नेपाल र बहराइन बीचको खेल एनटिभी प्लसले प्रत्यक्ष प्रसारण गर्ने
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनौट प्रतियोगिता अन्तर्गत आज मध्यरातमा हुने नेपाल र बहराईन बीचको खेल एनटिभी प्लसले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार नेपाल र बहराइन बीचको खेल एनटिभी प्लस र युटयुबमा प्रत्यक्ष हेर्न सकिनेछ । यसबारे एन्फाले आधिकारिक रुपमा जानकारी समेत गराएको छ ।
स्मरण रहोस, नेपाल र बहराइन बीचको खेल आज मध्यराती नेपाली समयअनुसार १२ः४५ बजेदेखि शुरु हुँदैछ । साथै बहराइन मै रहेका नेपाली दर्शकहरुले रिफा शहर स्थित खेल हुने बहराइन नेशनल स्टेडियमको गेट नम्बर ३ बाट निःशुल्क प्रवेश गर्न सक्नेछन् ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान