काठमाडौं । कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इशान) को आयोजनामा आरबीबीएल–इशान कप तेश्रो फुटसल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १६ संस्थाका १८ टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा इशानका अध्यक्ष रामविनय श्रेष्ठले जानकारी गराए ।
सहभागी टिमहरुमा राष्ट्रिय वाणिज्य बैंक, एनएलजी इन्स्योरेन्स, नागरिक उड्डयन प्राधिकरण, माछापुच्छ«े बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल वायुसेवा निगम, जनक शिक्षा सामाग्री केन्द्र, सीटीइभीटी, नागरिक लगानी कोष, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र नेपाल टेलिभिजन रहेका छन् ।
त्यस्तै विद्युत र वायुसेवा निगमबाट २–२ टिम सहभागी हुने छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगिता सञ्चालन गर्न करिब ६ लाख १५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । तीनदिने प्रतियोगिताका खेलहरु सोल्टीमोडस्थित चैत्य फुटसल रिक्रिएसन सेन्टरमा खेलाइने छ ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि