काठमाडौं । आउँदै गरेको ‘नयाँ वर्ष २०८१ सालको अवसर पारी एफसी सिरिजंघाको आयोजनामा आउँदो चैत २३ र २४ गतेका दिन ताप्लेजुङ सुपर कप भेट्रान फुटसल प्रतियोगिता हुने भएको छ ।
ललितपुर–१४ स्थित फुटसल भिलेजमा हुने प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुको उमेर ३८ वर्ष माथि हुनुपर्ने आयोजकले जानकारी दियो । प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७ हजार तोकिएको छ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीलाई ट्रफी, मेडलको व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यसबाहेक व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको छ ।
विस्तृत जानकारीका लागि 9851034382, 9818996785 नम्बरहरुमा सम्पर्क गर्न सकिने पनि आयोजकले जानकारी दियो ।
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि