गौरीगंगा । संघर्षपुर्ण जितका साथ फारवेस्ट पशुपति युवा क्लब यहाँ जारी चौथो गौरीगंगा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा फारवेस्ट पशुपतिले आयोजक गौरीगंगा–११ स्पोर्टस क्लबलाई टाईब्रेकरमा हराउँदै फाइनल प्रवेश गर्न सफल भएको हो ।
त्यसअघि गौरीगंगा खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने फारवेस्ट पशुपतिले घरेलु टोलीमाथि ३–१ को जित निकाल्दै फाइनल स्थान सुरक्षित गर्यो । खेलमा फारवेस्ट पशुपतिका गोलरक्षक अमानत शेख म्यान अफ द म्याच घोषित भए ।
फारवेस्ट पशुपतिले अब चैत १ गतेका दिन हुने फाइनलमा स्टार सिटी ब्वाईज युनियन क्लबसँग उपाधिका लागि भिड्नेछ । गौरीगंगा–११ स्पोर्टस क्लब, गौरीगंगा–८, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ ।
- महिलातर्फ न्यू कालिका वाकओभरबाट सेमिफाइनलमा, पुरुषतर्फ सुदूरपश्चिम प्रदेश प्रहरी क्वार्टरफाइनलमा
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन