गौरीगंगा । रोमाञ्चक जितका साथ फारवेस्ट पशुपति क्लब जारी चौथो गौरीगंगा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको क्वाटरफाइनलतर्फ रानीबन क्लबलाई ३–२ ले हराउँदै फारवेस्ट पशुपति अन्तिम चारमा प्रवेश गरेको हो । गौरीगंगा खेलमैदानमा भएको खेलमा फारवेस्टका लागि शिशिर केसी, बिबेक शाही र सन्दिप धामीले गोल गरे ।
उता पराजित रानीबनका लागि दुवै गोल श्याम बयधीले गरे । खेलमा फारवेस्ट पशुपतिका शिशिर केसी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन २८ गते सोमबारको पहिलो सेमिफाइनल खेल स्टार सिटी ब्वाईज युनियन र फारवेस्ट स्पोर्टस क्लब बीच हुने आयोजकले जानकारी दियो ।
गौरीगंगा–११ स्पोर्टस क्लब, गौरीगंगा–८, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र १ गतेका दिन हुनेछ ।
- महिलातर्फ न्यू कालिका वाकओभरबाट सेमिफाइनलमा, पुरुषतर्फ सुदूरपश्चिम प्रदेश प्रहरी क्वार्टरफाइनलमा
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन