News
दशौं चेल्सी इन्टर स्कुल टिचर्स फुटसल हुँदै
काठमाडौं । चेल्सी वर्ल्ड स्कुलको आयोजनामा यही फागुन १९ गते शनिबारका दिन दशौं चेल्सी इन्टर स्कुल टिचर्स फुटसल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिताको सबै तयारी पनि पूरा भएको आयोजकले जानकारी दियो । प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाउने पनि आयोजकले जनाएको छ ।
साथै प्रतियोगिताको विजेता, उपविजेता टोलीहरुलाई पनि उचित पुरस्कारको वयवस्था गरिएको आयोजकले जानकारी दियो ।
शिक्षकहरुका लागि अध्यापनसँगै स्वस्थ मनोरञ्जन र भाईचारा कायम गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक चेल्सी वर्ल्ड स्कुलले जनाएको छ ।
Post Comments
Related News
- एसपिडब्लुजे ‘ए’ लाई प्रथम नखिपोट फोक्स महिला फुटसल कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- विजेता हिमालयनको उपाधि रकम सबै बाढीपिडितलाई सहयोग
- ज्ञानज्योति स्कुल बन्यो प्रथम ज्ञानसिन्धु फुटसल कपको च्याम्पियन
- एओएफ युनाइटेडलाई चौथो थारु ६ ए साइड फुटसल प्रतियोगिता–२०८३ को उपाधि