News राईट लेन एजुकेशन बागमती सेमिफाइनलमा
सुरज राना मगर

बर्दघाट । राईट लेन एजुकेशन बागमती युवा क्लब, सर्लाही यहाँ जारी आठौं सुर्यनगर गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने चौथो टोली बनेको छ ।

बिहीबार सुर्यनगर रंगशालामा भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा बागमतीले बिरगंज युनाइटेडलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । खेलमा बागमतीका अभि लामा म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत फागुन ४ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल नेपाल पुलिस फुटबल क्लब र नवलपरासी–११ बीच हुने खेल संयोजक भरत गुरुङले जानकारी दिए ।

श्री नव युवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । कुल आठ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।

Post Comments