News
राष्ट्रिय फुटबल टोलीको भिडियो कन्फिरेन्स
काठमाडौं । नेपालको राष्ट्रिय पुरुष फुटबल टोलीले फिफा विश्वकप छनौट तथा एएफसी एसियन कप छनौटको तयारीका लागि भिडियो कन्फिरेन्समार्फत आवश्यक अन्तरक्रिया गरेको छ ।
भिडियो कन्फिरेन्समा सहभागी मुख्य प्रशिक्षक योहान कालिन सहित अन्य अफिसियल तथा खेलाडीहरुले अन्तरक्रिया तथा आवश्यक तयारीबारे छलफल गरेका थिए ।
स्मरण रहोस, छनौट प्रतियोगितातर्फ नेपालले चाइनिज ताइपेई, अष्ट्रेलिया र जोर्डन विरुद्ध घरेलु मैदान मै तीन खेलहरु खेल्न बाँकी छ । कोरोना भाइरसको महामारीका कारण स्थगन गरिएको छनौट प्रतियोगिताहरुको नयाँ मिति पनि तय भईसकेको छ ।
उता अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि जुलाई महिनाको दोस्रो सातादेखि आवश्यक सर्तकता अपनाएर राष्ट्रिय फुटबल टोलीको अभ्यास शुरु गर्ने जनाइसकेको छ ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न