News
घले फेरि मानार्थ अध्यक्ष
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले टासी घलेलाई फेरि मानार्थ अध्यक्षका रुपमा मनोनित गरेको छ । स्मरण रहोस, एन्फाको कार्यसमितिले घलेलाई गत जनवरीमा मानार्थ अध्यक्षबाट हटाएको थियो ।
घलेले आफूलाई कुनै सक्रिय भूमिका नदिएको भन्दै एन्फाको आलोचना गरेका थिए । त्यतिबेला घलेले एन्फाको निर्णयप्रति असन्तुष्टी प्रकट गर्दै अदालत समेत पुगेका थिए । अदालतले पनि घलेलाई तत्काल उक्त पदबाट नहटाउन आदेश दिएको थियो ।
मंगलबार बसेको एन्फाको आकस्मिक बैठकले भने घलेलाई फेरि मानार्थ अध्यक्षका रुपमा बाँकी दुई बर्षका लागि मनोनित गरेको छ । नेपाली फुटबलमा आफ्नो विशेष छाप छोडेका घले एन्फाको पूर्व महासचिव समेत हुन् ।
Post Comments
Related News
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न