देवीनगर । आशिष रानाले ह्याट्रिक गरेको खेलमा उत्कृष्ट जितका साथ फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी स्व. डिम बहादुर गुरुङ स्मृति छैठौं सन्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको प्रिक्वाटरफाइनलतर्फ फर्साटिकरले आहना फुटबल क्लब, बुटवललाई ४–१ ले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो । फर्साटिकरका लागि आशिष रानाले ह्याट्रिक गरे भने थप एक गोल मिलन क्षेत्रीले गरे । उता पराजित आहनाका लागि रिम्बा सुनारले गोल गरेका थिए ।
खेलमा ह्याट्रिक गरेका फर्साटिकरका आशिष राना म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत माघ १९ गते शुक्रबारको अन्तिम प्रिक्वाटरफाइनल खेल अमुवा फुटबल क्लब र झरना स्पोर्टस क्लबबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।
स्व. डिम बहादुर गुरुङको स्मृतिमा छोरी श्रीमाया गुरुङ, श्रीमती जसमाया गुरुङ र छोराहरु डम्मर बहादुर गुरुङ, रन बहादुर गुरुङ र चित्र बहादुर गुरुङ सहित समस्त गुरुङ परिवारद्वारा प्रायोजित प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र थापाले जानकारी दिए ।
सन्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल माघ २७ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष अर्जुन क्षेत्री ९हापु० ले जानकारी दिए ।
- सतिसाले स्पोर्टिङ्ग क्लबलाई तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि
- सतिसाले र बसाहा तेस्रो सप्तकोशी गोल्डकपको फाइनलमा भिड्ने
- बसाहा क्लब तेस्रो सप्तकोशी गोल्डकपको पहिलो फाइनलिस्ट टोली बन्न सफल
- सतिसाले स्पोर्टिङ क्लब (मोरङ्ग) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- उत्घाटन खेलमा नै बसाहा क्लब (उदयपुर) तेस्रो सप्तकोशी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा