
काठमाडौं (एजेन्सी) । प्रभावशाली जितका साथ पूर्व विजेता जापान जारी प्रतिष्ठित एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको सातौं प्रिक्वाटरफाइनलतर्फ जापानले बहराईनमाथि ३–१ को प्रभावशाली जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।
दोहा स्थित अल थुमामा स्टेडियममा भएको खेलको ३१औं मिनटमा रित्सु डोआनको गोलबाट जापानले खेलमा अग्रता बनाएको थियो । ४९औं मिनटमा ताकेफुसा कुबोले जापानका लागि दोस्रो गोल थपे । तर ६४औं मिनटमा जापानी गोलरक्षक जिओन सुजुकीको गल्तीमा जापानले आत्मघाती गोल खान पुग्यो ।
गोल फर्काए लगतै उत्साहित बनेको बहराईनको त्यो उत्साह धेरैबेर टिक्न सकेन । ७२औं मिनटमा आयासे उएदाले जापानका लागि तेस्रो गोल गर्दै ब्लु सामुराईको क्वाटरफाइनल स्थान सुरक्षित गरे । जापानले ३ फेब्रुअरीका दिन हुने क्वाटरफाइनलमा इरान वा सिरियासँग खेल्नेछ ।
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने
- एएफसी च्याम्पियन्स लिग इलिटः अल हिलालको चुनौति सेमिफाइनलबाटै समाप्त
- एएफसी यु–२० महिला एसियन कप छनौटतर्फ समूह ए मा नेपाल
- उज्वेकिस्तानलाई एएफसी यु–१७ एसियन कपको उपाधि