काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा मंगलबार बसेको बैठकले एक साताका लागि सबै खेलकुद गतिविधी बन्द गर्ने निर्णय गरेको छ ।
हाल महामारीका रुपमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय लिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।
विज्ञप्तीमा जनाइए अनुसार एक साताका लागि कुनै पनि प्रतियोगिता, गोष्ठी, सेमिनार, प्रशिक्षण, सभा, सम्मेलन लगायतका मानवीय भेला हुने सम्पूर्ण गतिविधीहरु बन्द गर्ने र त्यसपश्चात् परिस्थिति हेरेर निर्णय लिइने विज्ञप्तीमा उल्लेख छ ।
साथै उता एन्फाले हाल जारी बी डिभिजन लिग, काठमाडौं, धरान र बुटवलमा रहेका एन्फा एकेडेमी लगायत आफू मातहतका सम्पूर्ण फुटबल गतिविधीहरु यहि चैत्र १२ गतेसम्मका लागि बन्द गरिएको विज्ञप्तीमा जनाएको छ ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएअनुसार यहि चैत्र १६ गते हुने भनिएको १९औं एन्फा कँग्रेस (वार्षिक साधारण सभा) पनि कोरोना भाइरस कै कारण अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
एन्फाका अनुसार उक्त साधारणसभामा फिफा र एएफसीका प्रतिनिधिको पनि उपस्थिति रहने हुँदा हाल कोरोना भाइरस कै कारण फिफा र एएफसीका प्रतिनिधिहरु उपस्थित हुन नसक्ने भएपछि तत्काल लागि एन्फा कँग्रेस पनि स्थगित गरिएको एन्फाले विज्ञप्तीमा जनाएको छ ।
साथै एन्फाले अति आवश्यक कामहरु इमेलमार्फन गर्न गराउन आफू मातहतका सम्पूर्ण रेफ्री, फुटबल संघ, संस्था, खेलाडी लगायत सरोकारहरुलाई आग्रह गरेको छ ।

- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि
- तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता २०८३ : विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने
- रिपोर्टर राइनोजलाई एनएसजेएफ कपको उपाधि
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न