
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा मंगलबार बसेको बैठकले एक साताका लागि सबै खेलकुद गतिविधी बन्द गर्ने निर्णय गरेको छ ।
हाल महामारीका रुपमा विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय लिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी गरेको प्रेस विज्ञप्तीमा जनाइएको छ ।
विज्ञप्तीमा जनाइए अनुसार एक साताका लागि कुनै पनि प्रतियोगिता, गोष्ठी, सेमिनार, प्रशिक्षण, सभा, सम्मेलन लगायतका मानवीय भेला हुने सम्पूर्ण गतिविधीहरु बन्द गर्ने र त्यसपश्चात् परिस्थिति हेरेर निर्णय लिइने विज्ञप्तीमा उल्लेख छ ।
साथै उता एन्फाले हाल जारी बी डिभिजन लिग, काठमाडौं, धरान र बुटवलमा रहेका एन्फा एकेडेमी लगायत आफू मातहतका सम्पूर्ण फुटबल गतिविधीहरु यहि चैत्र १२ गतेसम्मका लागि बन्द गरिएको विज्ञप्तीमा जनाएको छ ।
एन्फाका महासचिव इन्द्रमान तुलाधरद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएअनुसार यहि चैत्र १६ गते हुने भनिएको १९औं एन्फा कँग्रेस (वार्षिक साधारण सभा) पनि कोरोना भाइरस कै कारण अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरिएको जनाएको छ ।
एन्फाका अनुसार उक्त साधारणसभामा फिफा र एएफसीका प्रतिनिधिको पनि उपस्थिति रहने हुँदा हाल कोरोना भाइरस कै कारण फिफा र एएफसीका प्रतिनिधिहरु उपस्थित हुन नसक्ने भएपछि तत्काल लागि एन्फा कँग्रेस पनि स्थगित गरिएको एन्फाले विज्ञप्तीमा जनाएको छ ।
साथै एन्फाले अति आवश्यक कामहरु इमेलमार्फन गर्न गराउन आफू मातहतका सम्पूर्ण रेफ्री, फुटबल संघ, संस्था, खेलाडी लगायत सरोकारहरुलाई आग्रह गरेको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै