बागमती । मधेश प्रदेश कै प्रतिष्ठित आठौं राजर्षि जनक कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता आउँदो चैत्र २१ गतेदेखि हुने भएको छ । बागमती नगर खेलकुद विकास समिति र बागमती युवा क्लब, सर्लाहीको आयोजनामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको छ ।
बागमती नगरपालिका–११ स्थित सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले ५ लाख ५१ हजार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ५१ हजार प्राप्त गर्नेछ ।
त्यस्तै हरेक वर्ष जस्तै यसपटक पनि सर्लाहीको एक उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल सहित पुरस्कृत गरिने पनि आयोजकले जनाएको छ ।
सर्लाही जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । त्यस्तै यातायात सहयोगीमा दिप भगवती टुर्स एण्ड ट्राभल्स रहेको छ ।
- युनाइटेड युवा क्लब महोत्तरीलाई मधेस प्रदेश स्तरीय स्ववियु कपको उपाधि
- बेङ्गाडावर स्ववियु कपको उपाधि नजिक
- १० खेलाडीमा समेटिएको युनाइटेड स्ववियु कपको उपाधि नजिक
- गोलबजार र चतुर्भुजेश्वरको जितसँगै स्ववियु कपको सेमिफाइनल समीकरण पूरा
- प्रथम चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन कपमा बुधबार दोस्रो क्वार्टरफाइनल खेल सम्पन्न