News
फिदिम नगर कप: उद्घाटनमा आयोजक र इलाम भिड्दै

पाँचथर । फिदिम नगर कप फुटबल प्रतियोगिताको पाँचौ संस्करण भोलि (शुक्रबार)देखि सुरु हुँदैछ । पाँचौ संस्करणको उद्घाटनमा आयोजक स्वतन्त्र क्लब पाँचथरले इलामको आरडिएफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
फिदिम ७ रानीटारस्थित बराजु रंगशालामा हुने प्रतियोगिताको दोस्रो खेल पुस १४ गते योङ ब्वाइज साखेजुङ इलामले झापाको शनिश्चरे एफसीसँग खेल्नेछ भने तेस्रो खेल पुस १६ गते तुर्केनी एफसी झापा र एलएनएफसी पाँचथरबीच हुनेछ ।
यस्तै, अन्तिम क्वाटरफाइनल खेल पाँचथर फुटबल क्लबले अर्जुनधारा फुटबल क्लब झापासँग प्रतिस्पर्धा गर्नेछ । फिदिम नगरपालिकाले प्रवद्र्धन गरेको यस प्रतियोगिताको विजेताले नगद १ लाख ८० हजार पाउने छ ।
प्रतियोगिताको सहआयोजकमा रानीटार युनाइटेड क्लब, डोलो फुटबल क्लब र त्रिवेणी युवा क्लब रहेका छन् । प्रतियोगिताको फाइनल खेल पुस १८ गते हुनेछ ।
Post Comments