
काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ मंगलबार भएको इलिमिनेटर म्याचमा ललितपुर सिटी फुटबल क्लबले काठमाडौं रेजर्स फुटबल क्लबमाथि शून्यका विरुद्ध ३ गोलको प्रभावशाली जित निकाल्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा ललितपुरका लागि इमोह एजिकिलले दुई गोल गरे । उनले खेलको ३६ र ५२औं मिनटमा दुई गोल गरे । त्यस्तै थप एक गोल भने ४४औं मिनटमा पापा इबु केबेले गरे ।
खेलमा दुई गोल गरेका ललितपुरका इमोह एजिकिल प्लेयर अफ द म्याच पनि चुनिए । उनले त्यसवापत नगद ३० हजार र ट्रफी हात पारे । यो जितसँगै ललितपुरले लिग चरणमा काठमाडौंसँग बेहोरेको हारको बदला पनि लिएको छ ।
ललितपुरले अब फाइनल प्रवेश गरेका पुस १२ गते बिहीबारका दिन हुने दोस्रो क्वालिफायरमा पोखरा थन्डर्सको सामना गर्नेछ । पोखरा सोमबार मात्र भएको पहिलो क्वालिफायरतर्फ धनगढीसँग पराजित भएको थियो ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै