काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ क्रमिक लयमा फर्किएको नवप्रवेशी टोली बिरगंज युनाइटेडले बिहीबार साविक विजेता काठमाडौं रेजर्समाथि ४–१ को सनसनीपूर्ण जित निकाल्दै आफ्नो शिर्ष चारको होडलाई कायम राखेको छ ।
दशरथ रंगशालामा भएको एक मात्र खेलमा काठमाडौंले शुरुवाती अग्रता लिए पनि खेल भने गुमाउन पुग्यो । २०औं मिनटमा जुनियर एन्केंगुको गोलबाट काठमाडौंले अग्रता बनाएको थियो । तर पहिलो हाफ कै अतिरिक्त समयमा विलियम ओपोकुले पेनाल्टीमार्फत बिरगंजका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफ शुरु भएको पहिलो मिनट मै सुनिल खड्काले बिरगंजका लागि दोस्रो गोल गरे । लगतै ५५ र ५७औं मिनटमा ओपोकुले लगातार दुई गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे भने टोलीको प्रभावशाली जित पनि पक्का गरे ।
बिरगंजका ह्याट्रिककर्ता ओपोकु खेलको प्लेयर अफ द म्याच पनि चुनिए । उनले पुरस्कार वापत नगद ३० हजार हात पारे । यो जितपछि ७ खेलबाट ८ अंक जोडेको बिरगंज छैठौं स्थानमा उक्लेको छ र शिर्ष चारको सम्भावनालाई कायम राखेको छ । पराजित काठमाडौं भने ९ अंकका साथ पाँचौं स्थानमा छ ।
- रोमाञ्चक फाइनलमा वी प्लेलाई हराउँदै मछेनारायणले उचाल्यो एरिना फुटसलको ट्रफी
- एसियन पेन्ट्स च्याम्पियन्स कपः मनकामना ब्वाइजतर्फ च्याम्पियन, महिला फुटबलमा सेमिफाइनल समीकरण पूरा
- वल्र्ड कलेज र मनकामना सेकेण्डरी स्कुल फाईनलमा
- सातदोबाटो एफसीलाई पहिलो महिला इम्पाएर कपको उपाधि
- मैवाखोला गाउँपालिकालाई चौथो ताप्लेजुङ पालिका स्तरीय फुटसल कपको उपाधि