काठमाडौं । ब्लड क्यान्सर जस्तो घातक रोगबाट थलिएका फुटबल प्रशिक्षक प्रकाश अर्यालको उपचारमा सहयोग जुटाउन गोलनेपालले शुरु गरेको ‘प्रशिक्षक प्रकाश अर्याल बचाऔं’ अभियानमा सन्जिव कार्की र उनका साथीहरुले पनि अष्ट्रेलिया र न्युजिल्याण्डबाट १९०० डलर सहयोग गरेका छन् ।
फुटबलमा लागेर देशका लागि केही गर्ने वा देशकै लागि खेलेर जिवन सुम्पिने कतिपय प्रशिक्षक र खेलाडीहरुलाई परेको बेला देश र सम्बन्धित निकायले बेवास्ता गरेको स्मरण गर्दै सन्जिव कार्की भन्छन्, ‘देश र सम्बिन्धत निकायले गर्न नसकेपनि प्रकाश गुरुको सहयोगमा हामीले सकेको गर्छौं ।’
सबै मिलेर गरेको यो सहयोगले प्रशिक्षक अर्याल छिटै स्वस्थ हुने विश्वास पनि कार्कीले व्यक्त गरे । साथै कार्कीले प्रशिक्षक अर्यालको सहयोगमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग जुटाउनु हुने सबैलाई धन्यवाद र आभार पनि प्रकट गरेका छन् ।
प्रशिक्षक अर्यालको उपचारमा सहयोग गर्न चाहनुहुने इच्छुक महानुभावहरुले निम्न नम्बरमा सम्पर्क गरी वा दिइएको खाता नम्बरमा रकम सहयोग गर्न सकिने छ ।
प्रशिक्षक अर्यालसँग सिधा सम्पर्क नम्बरः 9844127577
- न्यु स्टार, पेट्रो, सिएफसी र युनिपार्ट सेमिफाइनलमा
- माई अरब लमजुङ दशैं कपः खुलातर्फ नखिल गोर्खा र भेट्रान्सतर्फ लमजुङ एफसी वारियर्सलाई उपाधि
- कतार दशैं कपः चार टोलीहरु क्वाटरफाइनलमा
- प्रथम मुकुम्लुङ कप २०२६: धरान सिटी पोर्चुगल बन्यो च्याम्पियन
- अष्ट्रेलियामा म्याकर्थुर नेपलिज एफसीको आयोजनामा तेस्रो एमएनएफसी एम्पायर कप हुने