
काठमाडौं । नेपालमा सम्पन्न भएको ग्रासरुट्स कार्यक्रम अन्तर्गतको ‘युनाइटेड वी प्ले’ कार्यक्रमका विजेता नेपालका यु–१६ खेलाडी रोहित श्रेष्ठले इङल्याण्ड जाने अवसर पाएका छन् ।
इङलिस क्लब म्यानचेष्टर युनाइटेडले ग्रासरुट्स फुटबललाई विश्वव्यापी रुपमा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सम्पन्न भएको उक्त कार्यक्रमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहेको थियो भने एपोलो टायरले आर्थिक सहयोग गरेको थियो ।
सोही ग्रासरुट्स कार्यक्रमबाट श्रेष्ठ विजेता बनेका हुन् । रोहितले एक साता म्यानचेष्टरमा बिताउने छन् । त्यसक्रममा रोहितले म्यानचेष्टर युनाइटेडसँगको विभिन्न रचनात्मक कार्यहरुमा सहभागि हुनुका साथै क्लबसँगको अभ्यास, खेलाडीहरुसँग अन्तरक्रिया लगायतका विभिन्न गतिविधीहरुमा पनि सहभागि हुनेछन् ।
बेलायततर्फ प्रस्थान गर्न लागेका रोहितलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरन राईले नेपालको राष्ट्रिय जर्सी हस्तान्तरण गर्दै विदाई गरेका थिए ।
- सातौं लो–छोग्याल जिग्मे मोमोरियल कपको नयाँ मिति तय
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न