News
सुपर लिगमा आजः दोस्रो जित खोज्दै इलाम र पोखरा

काठमाडौं । दोस्रो नेपाल सुपर लिग (एनएसएल) तर्फ बुधबार हुने एक मात्र खेलमा स्र्पोटिङ इलाम फुटबल क्लब र पोखरा थन्डर्स फुटबल क्लब भिड्दै छन् ।
दशरथ रंगशालामा साँझ ५ बजेदेखि शुरु हुने आजको यो खेलमा इलाम र पोखरा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । हाल ३ खेलबाट ५ अंकका साथ तेस्रो स्थानमा रहेको पोखरा शिर्ष चार भित्रको आफ्नो स्थान बलियो बनाउने योजनामा पनि हुनेछ ।
उता ३ अंकका साथ छैठौं स्थानमा रहेको इलामले पनि आज आफू अनुकुल नतिजा निकाल्न सके शिर्ष चारमा प्रवेश गर्ने मौका पुर्वेली क्लबलाई हुनेछ । लिगमा तीन खेलहरुको समाप्तीसम्म पोखरा अझै अपराजित छ भने इलामले दुई खेलमा हार बेहोरेको छ ।
सम्भवतः आजको खेल पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ ।
Post Comments
Related News
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- सायम अन्तरकलेज फुटसलमा २८ टोलीहरु सहभागि हुने
- दोस्रो हिमालयन फुटसल गोल्डकप साउन तेस्रो साता, विजेताले ३ लाख पाउने
- गोलनेपालकर्मी बिक्रम बानियाँले खेलकुद पत्रकार प्रोत्साहन पुरस्कार पाउने तय
- एसएमसी एसइइ कप हुँदै